• Saturday 25th July 2026

नेपालका खेलाडीहरुले अझ सफलता चुमुन : ओली

नेपालका खेलाडीहरुले अझ सफलता चुमुन : ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्ने क्रम बढेको बताउँदै त्यसप्रति खुसी ब्यक्त गर्नु भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५औं स्थापना दिवसका अवसरमा काठमाण्डौमा सोमबार आयोजित एक समारोहलाई संबोधन गर्दै  एकेडेमीका संरक्षक समेत रहेका ओलीले नेपालका खेल गतिविधिहरुलाई अझ अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन जरुरी भएको  र त्यसका लागि वातावरण बनाउन जरूरी रहेकाे बताउनुभयो ।
बहुआयामिक उध्येश्य बोकेको एकेडेमीले असाधारण गतिविधिहरु गरिरहेको चर्चा गर्दै उहाँले थप सफलता चुम्न र प्रगति गर्न शुभकामना दिनुभयो ।
सो अवसरमा उहाँले एकेडेमीद्वारा निर्मित डकुमेन्ट्री सार्वजनिक गर्नु भएको थियो ।कार्यक्रममा एमालेका उपाध्यक्ष एबं पूर्व उपप्रधान तथा खेलकुदमन्त्री बिष्णु प्रसाद पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीहरुको ठूलो भुमिका हुने बताउनुभयो ।
उहाँले एकेडेमीले खेलाडीहरु उत्पादन र क्षमता विस्तार गर्न ठूलो भुमिका खेलेको बताउनुभयो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकेडेमी र खेल क्षेत्रको बिकासमा योगदान पुर्याउने बिभिन्न ब्यक्तीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा एकेडेमीका अध्यक्ष आचार्य,उपाध्यक्ष जितेन्द्र श्रेष्ठ,उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो । त्यस्तै विभिन्न खेल,गीत र नृत्यहरु प्रदर्शन गरिएको थियो ।

हेर्नाेस तस्बिरहरू

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend