• Saturday 25th July 2026

बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरु त्रसित

बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरु त्रसित


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुको लाइन पुनः निशर्त जडान गर्न माग गरेका छन् । उनीहरुले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाईनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको छुट बिलका विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले एक्कासी लाइन काटिएको बताए । उनले उद्योगमा लाइन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए।
विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘प्राधिकरण भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा हामी १३ वटा उद्योगहरुको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको औद्योगिक फिडर (भैरहवा पुरानो र न्यू २) बाट फिडर परिवर्तन गरी अमुवा भरवलिया प्रशारण ट्रंकलाइनमा वितरण केन्द्रको आफ्नै बाध्यताका कारणले सार्नुपरेको परिपेक्षयमा न्यायसम्मत नरहेको छुट बील २०७५ देखिको जारी गरिएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend