• Saturday 25th July 2026

एमालेमा ६ जना केन्द्रीय सदस्यमा मनोनित

एमालेमा ६ जना केन्द्रीय सदस्यमा मनोनित


  • लुम्बिनी रिभ्यू

काठमाडौँ-नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरुसहित ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

महासचिव शंकर पोखरेलले बैठकपछि दिनुभएको जानकारी अनुसार कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ। मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिनुभयो

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend