• Saturday 25th July 2026

सहकारी महासंघमा एमालेकाे प्यानलै विजयी

सहकारी महासंघमा एमालेकाे प्यानलै विजयी


  • लुम्बिनी रिभ्यू

काठमाडौं – राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित हुनुभएको छ । महासंघको ३१औं साधारणसभाले मल्ललाई निर्विरोध अध्यक्षमा चुनेको हो ।

सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित हुने मल्ल पहिलो महिला हुनुहुन्छ । ०५० सालमा स्थापना भएको महासंघमा यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् ।

राष्ट्रिय प्रतिनिधिमा आफू अल्पमतमा पर्ने भएपछि नेपाली कांग्रेस र माओवादीनिकट सहकारीकर्मीले निर्वाचन बहिष्कार गरेपछि सबै पदमा एमाले ९नेकपा एससहित० का उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । राष्ट्रिय प्रतिनिधिको संख्याका आधारमा महासंघमा भागबन्डा हुँदै आएको थियो । यस पटक पनि निर्वाचनका लागि २ सय ८७ जना प्रतिनिधि छानिएका थिए ।

तीमध्ये नेपाली कांग्रेसका ७१ जना, माओवादीका ३८ जना र बाँकी एमाले तथा नेकपा एसका प्रतिनिधि थिए ।महासंघमा पदाधिकारी भागबन्डाका लागि लामो वार्ता भए पनि आफूले चाहेको सिट नपाएपछि कांग्रेस र माओवादीले गत शुक्रबार नै पत्रकार सम्मलेन गरेर उम्मेदवारी नदिने बताएका थिए । महासंघमा पदाधिकारीको कार्यकाल चार वर्ष हुन्छ ।महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र तीन जना उपाध्यक्षमा क्रमशः खेमबहादुर पाठक, डीबी बस्नेत तथा इन्दिरा पन्त निर्वाचित भएका छन् ।

महासंघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन तथा सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी चुनिएका छन् ।महासंघका सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जीसी ९अन्जु०, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल निर्वाचित भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend