• Saturday 25th July 2026

संसद्का दुवै सदनको अधिवेशन माघ २० गते आव्हान गर्न सिफारिस

संसद्का दुवै सदनको अधिवेशन माघ २० गते आव्हान गर्न सिफारिस


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यही माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आब्हान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले जापान सरकारबाट कोटेश्वर सडक सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असीम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend