• Saturday 25th July 2026

आईसीसी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खनाललाई तिलोत्तमाकाे ५० हजार

आईसीसी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खनाललाई तिलोत्तमाकाे ५० हजार


  • लुम्बिनी रिभ्यू

बुटवल ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ।
तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरुप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको थियो।
नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend