• Saturday 25th July 2026

जिपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

जिपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु


  • लुम्बिनी रिभ्यू

बुटवल ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रोल्पाबाट घोराहीतर्फ आउंदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीपले लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दाङको बिजौरी बस्ने वर्ष २७ का सुनिल चौधरीको मृत्यु भएको हो।
मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए।
प्रहरीले ठक्कर दिने बोलेरोका चालकलाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend