• Saturday 25th July 2026

रुपन्देहीबाट अवैध हतियारसहित ४ जना पक्राउ

रुपन्देहीबाट अवैध हतियारसहित ४ जना पक्राउ


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही प्रहरीले अवैध हात–हतियारसहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका ६ सताकखोला बस्ने गणेश राना, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी रहेका छन् ।

उनीहरुबाट ७ नाल भरुवा बन्दुक, छर्रा १ सय २९ पिस, ३ सय २७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित मानिसहरु हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलासी गर्दा उनीहरु पक्राउ परेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए । शनिबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी लिई थप अनुसन्धान भइरहेको पौडेलले जनाए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend