बुटवल, पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्यो । दुर्घटनामा १० यात्रुको मृत्यु भयो । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।
घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकहरु निम्नानुसार छन् —
१. रौतहट औराही, ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी
२. सल्यान सैनिक हल, ३ बस्ने कालिजंग गण गोरुसिगें कार्यरत अर्जुन कुमार योगी
३. भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान
४. कन्चनपुर भिमदत्त नगरपालिका,१ का २७ वर्षीय राहुलराम कामी
५. कन्चनपुर भिमदत्त ४, का २४ वर्षीय उमेश भण्डारी
६. कन्चनपुर भिमदत्त नगरपालिका, १६ वर्षीय सन्जु थापा
७. भिमदत्त नगरपालिका कन्चनपुरकी २१ वर्षिय खगेश्वरी खाती
८.भिमदत्त नगरपालिका कन्चनपुरका २२ वर्षिय सुदीप भट्ट
९. बर्दियाको पुर्नवासकी बीचफाटाकी विमलादेवी भट्ट
१०.बर्दियाको पुर्नवासकी बीचफाटाका विसनदत्त भट्ट

लुम्बिनी रिभ्यू