बुटवल, मणिमुकुन्द सेन उद्यान फुलबारीले गरिव तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षया कोष खोल्दै एक लाख एक हजार १११ रुपैया प्रदान गरेको छ ।
उजिरसिंह मावि बुटवल का विपन्न विद्यार्थीको पढाइमा खर्च हुने गरी अक्षयकोष खोलेको हो । उद्यान समितिले अक्षयकोषका लागि बुधबार उक्त रकम उजिरसिंह माविका अध्यक्ष विमल बहादुर शाक्यलाई प्रदान गरेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठसहित मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव प्रसाद नेपाल लगायत पदाधिकारीले चेक हस्तान्तरण गरे । श्रेष्ठ मणिमुकुन्द सेन उद्यानका संरक्षक समेत हुन् ।

लुम्बिनी रिभ्यू