बुटवल, महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रेडियो मुक्ति बुटवलको आयोजनामा भएको प्रतियोगितामा कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे प्रथम भइन् । उनले २२ मिनेट ५७ सेकेण्ड ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरिन् । दिप बोर्डिङ हाई स्कुलकी देवी बुढा तृतिय भइन् । उनले उनले २३ मिनेट ११ सेकेण्डमा दुरी पार गरिन् । दौडमा कालिका मानवज्ञान माविकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो भइन् । प्रथमले १२ हजार रुपैया दोस्रोले ९, तेस्रोले ५ र चौथोले ३ हजार रुपैया नगद र प्रमाणपत्र पाए । त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ हुदै नगद २ हजार रुपैयासहित प्रोत्साहन पुरस्कार पाए ।

सबैभन्दा कम उमेरकी लक्ष्मी माविमा अध्यरनरत १२ वर्षकी विनिता मुखियाले ३ हजार रुपैयासहित प्रमाणपत्र पाइन् । ४० वर्षभन्दा माथिका इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी ,एकल महिला समुह रुपन्देहीकी रीता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी र प्रगतिशिल महिला सहकारी तिलोत्तमाकी मन्जु थारुलाई सम्मान गरिएको थियो ।
१ सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रेडियो मुक्तिले आयोजना गरेको महिला दौ को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका लगायतले सहकार्य गरेका थिए । दौडमा ३ सय ५० महिला सहभागी भएका थिए ।

लुम्बिनी रिभ्यू