• Saturday 25th July 2026

जीप दुर्घटनामा सात जनाकाे मृत्यु

जीप दुर्घटनामा सात जनाकाे मृत्यु


  • लुम्बिनी रिभ्यू

भाेजपुर। धरानबाट भोजपुरको दक्षिण चुहारका लागि छुटेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बालिका, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो ।
को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु भएकाले ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइनसकेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend