• Saturday 25th July 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो , के मा कति पुग्याे ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो , के मा कति पुग्याे ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend