• Saturday 25th July 2026

एमाले नेतृत्वमा नयाँ सत्ता समिकरणको तयारी,यस्ताे भयाे एमाले र काँग्रेसबीच सहमती

एमाले नेतृत्वमा नयाँ सत्ता समिकरणको तयारी,यस्ताे भयाे एमाले र काँग्रेसबीच सहमती


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता समिकरणको लागि सहमती पत्रमा हस्ताक्षरसँगै मन्त्रालय बाँडफाँडको पनि टुंगो लागेको छ ।
एमालेले प्रधानमन्त्री,अर्थमन्त्री सहित नौ वटा मन्त्रालय र काँग्रेसले गृह सहित १० वटा मन्त्रालय लिने सहमती भएको छ । गएराती शितल निवासमा भएको दुई दलका नेताहरुको सहमती अनुसार आजै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन छ भनेर प्रतिनिधीसभाका बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउने तयारी छ ।
एमालेका एक नेताका अनुसार प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिने प्रक्रियामा जाँदा फेरी विश्वासको मत लिन एक महिना समय प्रधानमन्त्री पुष्पकमल दाहालले पाउने हुँदा त्यो समय नदिइ बुहमत सदस्यको हस्ताक्षर बुझाउने तयारी छ । ति नेताका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई आजै नियुक्त गर्ने तयारी छ । आजै एमालेबाट दुई र काँग्रेसबाट एक मन्त्रीले सपथ लिने तयारी पनि भएको छ ।
एमाले काँग्रेस बीच सहमती जुटाउनका लागि दुवै दलका दोस्रो तहका नेताहरुले लामो समयदेखि प्रयास जारी राखेका थिए । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदिप ज्ञवाली र पूर्व महान्यायधिवक्ता रमेश वडालले प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए । एमालेबाट केही कुटनीतिक पृष्ठभूमिका व्यक्तिहरु पनि यो समिकरण बनाउन परिचालित थिए । उता काँग्रेसका तर्फबाट रमेश लेखक,मिनेन्द्र रिजाल,ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताहरु खटिएका थिए ।
गए राती भएको सहमती अनुसार हाल माओवादी र नेकपा एसले नेतृत्व गरेका गण्डकी,बागमती र सुदुरपश्चिम प्रदेशको सरकारमा काँग्रेसले नेतृत्व लिनेछ । एमालेको प्रदेशको नेतृत्व यथावत रहनेछ । यसैगरी मधेस प्रदेशको समिकरणमा मिसिन आउने मधेसवादी दललाई दिने सहमती भएको छ । वर्तमान निर्वाचन प्रणालीले ल्याएका विकृतिले आम जनामा व्यवस्थाप्रति नै निराशा बढाएको विष्लेषण गर्दै दुई ठूला दलले सत्तालाई भन्दा संविधान संसोधन गरेर व्यवस्थाप्रति आम जनताको सकारात्मक भाव जगाउने दिशातर्फ उन्मुख हुने तयारी गरेका छन् । जसका लागि संविधानमा पुनर्विचार गर्नुपर्ने विसवध विषयसमा संसोधनको सुझाव दिन पूर्वप्रधान्यायधिस कल्याण श्रेष्ठको संयोजकत्वमा समिती बनाउने सहमती भएको छ । संविधान संसोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकोले सो अनुसार पुर्याउन यो एजेण्डामा सहमत हुने दलहरुलाई सरकारमा सामेल हुन आह्वान गर्ने तयारी पनि गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend