• Saturday 25th July 2026

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने


  • लुम्बिनी रिभ्यू

काठमाडौं-सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

आज बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरुसँग बुधबारको बैठकमा छलफल गरिने उहाँले बताउनु भयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend