काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले नवनियुक्त प्रधानमन्त्री, नेकपा (एमाले) का अध्यक्ष तथा एकेडेमीका संरक्षक केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा एकेडेमीले उहाँलाई प्रधानमन्त्री नियुक्त हुनु भएकामा बधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा खेल क्षेत्रमा नेपालबाट विभिन्न ख्याती राख्न सफल केही खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुु भएको थियो ।
सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले नयाँ सरकारबाट खेल क्षेत्रको विकासमा उल्लेख्य उपलब्धि हुने आशा ब्यक्त गर्नु भयो ।

एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको बधाई पत्र वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा धावन क्षेत्रमा अन्तराष्ट्रिय ख्याती प्राप्त बैकुण्ठ मानन्धरले प्रम ओलीलाई दुबोको माला लगाइदिनु भएको थियो ।यसैगरी एकेडेमीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्वा गुरुङलाई पनि बधाई ज्ञापन गरेको छ ।
सोही दिन छुट्टा छुट्टै कार्यक्रमहरुमा उहाँहरुलाई बधाई ज्ञापन भएको हो ।

सो अवसरमा बोल्दै नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले नयाँ सरकारले खेल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो ।
अर्को एक कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङले नेपालको खेल क्षेत्रमा बजेट नै कम हुने गरेको चर्चा गर्दैै आईन्दा त्यस्तो हुन नदिन खवरदारी गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी रिभ्यू