काठमाडौ । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ७८ हजार ७५ रहेको छ ।
२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ६१ हजार ३६ रहेको छ ।
३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४६ हजार ८९३ रहेको छ ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी नौ हजार ५९१ छन् ।
२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या आठ हजार दुई सय ४० छन् ।
१.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १२ जना छन् । (याे खबर गाेरखापत्रअनलाइनमा छ ।)

लुम्बिनी रिभ्यू