बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ ।
मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभयो ।
विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तीले जानकारी दिनुभयो ।
आचार्यलाई नेकपा (एमाले), नेपाली कांग्रेससहित जसपाका दुई, जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका चार सांसदले समर्थन गरेका छन् ।
मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् ।

लुम्बिनी रिभ्यू