देउखुरी, लुम्बिनी प्रदेश सभाका नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने महिला सांसदहरुले सरकारमा महिला सहभागिता गराउन माग गरेका छन् ।
आइतबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई भेटेर अविलम्ब महिला सांसदलाई सरकारमा पठाउन माग गरेका हुन् । सरकार गठनको २ महिना पुग्न लाग्दासम्म सरकारले पूर्णता नपाएको बताउदै खाली ठाउमा महिलालाई पठाउन उनीहरुले आग्रह गरे ।
वर्तमान सरकारमा नेपाली कांग्रेसले पाएको ५ सदस्यीय मन्त्रीपरिषदमा २ पद खाली छ । ३ जना पुरुष सांसद मन्त्री रहेको बताउदै उनीहरुले खाली मन्त्री पदमा महिलालाई मन्त्री बनाउन उनीहरुले आग्रह गरे ।
कांग्रेस सचेतक निमा गीरी र जमुना ढकालको अगुवाइमा धनलक्ष्मी श्रेष्ठ, लोका विक लगायत महिला प्रदेश सभा सदस्यहरुले दल नेता चौधरीलाई भेटेका थिए । भेटमा दल नेता चौधरीले समावेशीताका सवालमा आफू सचेत रहेको बताए । उनले केही दिनमा केन्द्रीय नेताको सल्लाहमा सरकारमा मन्त्री पठाउने र त्यसमा महिला पठाउने आश्वाशन दिएको महिला प्रदेश सभा सदस्यहरुले बताए ।

लुम्बिनी रिभ्यू