• Saturday 25th July 2026

पोखरेल नेतृत्वको एमाले उच्चस्तरीय टाेली चीनमा

पोखरेल नेतृत्वको एमाले उच्चस्तरीय टाेली चीनमा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डल भ्रमणका लागि छिमेकी मुलुक चीन पुगेकाे छ ।

चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली मंगलबार चीन प्रस्थान गरेको थियाे ।

टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत १५ जना हुनुहुन्छ । टोलीमा सात प्रदेशको प्रतिनिधित्व हुनेगरी १० पुरुष र पाँच महिला सहभागी रहनुभएको छ ।

१० दिनको भ्रमण कार्यक्रमका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले चीनको नानजिङ्गमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरममा प्रमुख बक्ताका रुपमा सम्वोधन गर्नु हुनेछ ।

 

भ्रमण अवधिमा टोलीले चीनको जाङ्सु, उहान, ईन्सी, बेईजिङ लगायतका स्थानहरुमा आयोजना हुने विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी हुनेछ । ती कार्यक्रमहरुमा बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्वोधन गर्नु हुनेछ ।

बुधबार टाेली ज्यान्सुमा आयाेजित विभिन्न ओैपचारिक तथा अनाैपचारिक कार्यक्रममा सहभागि भएकाे थियाे ।

मंगलबार भ्रमण टोलीलाई एमाले संगठन बिभाग प्रमुख काशिनाथ अधिकारी, रक्षामन्त्री मानबीर राई, एमाले केन्द्रीय कार्यलय सचिब डा. भीष्म अधिकारी, एमाले बिदेश विभाग सदस्य गोपाल खनाल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गर्नु भएको थियो ।

त्यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भ्रमण टोलीलाई शुभकामना दिनुभएको थियो । भ्रमण टोली मंसिर ६ गते स्वदेश फर्किने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend