• Saturday 25th July 2026

धमाधम आउदै परिणााम : एमाले र कांग्रेसकाे अग्रता

धमाधम आउदै परिणााम : एमाले र कांग्रेसकाे अग्रता


  • लुम्बिनी रिभ्यू

 

काठमाडौँ ।  स्थानीय तहको शुक्रबार भएको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ । काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएको छ । भरतपुर र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन ।

जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा मतगणनाको सुरुवाती रुझान आएको छ । केही पालिका र वडाहरूको परिणाम पनि आउन लागेको छ ।

बिहान सवा १० बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा एमाले छ ।

कांग्रेसले यो समाचार तयार पार्दासम्म प्राप्त मतगणना परिणामअनुसार १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर/उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर/उपाध्यक्षमा जित हासिल गरेको छ ।

अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ । एमालेका उपमेयर/उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ३२ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर/उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर/ अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend