• Saturday 25th July 2026

बुटवलमा मदन भण्डारी गोल्डकप भलिवलको तयारी पूरा, प्रधानमन्त्रीद्वारा उद्घाटन हुने

बुटवलमा मदन भण्डारी गोल्डकप भलिवलको तयारी पूरा, प्रधानमन्त्रीद्वारा उद्घाटन हुने


  • लुम्बिनी रिभ्यू

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ ।
पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ ।


प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समुहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्धितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैया नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ ।
उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहनेछन् ।
पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।

मैदान ब्यवस्थापन समितिका संयाेजक नन्दु काउछाका अनुसार अति मेहेनतका साथ मैदान तयार भएकाे छ । अब यहाँ उत्कृष्ट खेलाडी र खेलहरूकाे क्षमता देख्न सकिने छ ।

एकेडेमीका कार्यलय सचिव विनाेद आचार्यका अनुसार खेलाडी र सहभागि  अाउन शुरू भएकाे छ । बुटवल खेलमय भैसकेकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend