• Saturday 25th July 2026

बुटवलमा मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीप सुरु

बुटवलमा मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीप सुरु

, मुख्यमन्त्री चेतनारायण आचार्यद्धारा उद्घाटन उद्घाटन खेलमा नेपाल प्रहरीको जीत


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल

बुटवल, मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीपको उद्घाटन खेल नेपाल प्रहरीले ३, १ को सेटले जीतेको छ । बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जीत निकालेको हो । विभागिय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबीच बुधबार निकै प्रतिश्पर्धात्मक खेल भएको थियो । यद्यपि वेष्ट फाइभमा भएको प्रतियोगितामा आयोजकले जीत निकाल्न सकेन । नेपाल प्रहरीका चन्द्र कुंबर र मदन भण्डारीको राजन कुंवर प्रशिक्षक रहेका थिए । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा भोलि बिहीबार तीन प्रतियोगिता हुदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनबी हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ । खेल ससस्त्र प्रहरीबल र गल्कोट भलीबल क्लबबीच हुनेछ । भेलि बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो । नेपाल र भारतका ८ भलीबल टिम सहभागी खेल पुस २४ गतेसम्म संचालन हुनेछ । ंमदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी टिमहरू रहेका छन् ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मदनको विचारलाई आत्मसाथ गर्दै स्थापनमा भएको मदन भण्डारी स्पोटर्स एकेडेमीमा खेलाडी र प्रशिक्षक उत्पादन र प्रवद्धन गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकाकार तम्तयार भएको बताउनुभयो । सस्थापक अध्यक्ष रमेश शिलवाल, भलिवल संघका उपाध्यक्ष भरत शाह, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, प्रतिनिधी सभा सदस्य वासुदेव घिमिरेले लगायतले बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले खेलकुदको विकासका लागि गरेका क्रियाकलापमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माणकालागि स्थानीयतहदेखि प्रदेश हुँदै संघसम्म कमिटी निर्माणगरी विद्यालयदेखि विश्वविद्यालय हुदै ओलम्पीकसम्म खेलगतिविधि संचालन गरीरहेको बताउनुभयो । उद्घाटनमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको थियो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend