• Saturday 25th July 2026

चाडपर्वको बेलामा मात्रै बजार अनुगमन र निगरानी गर्ने परिपाटी रोकौं : मुख्यमन्त्री

चाडपर्वको बेलामा मात्रै बजार अनुगमन र निगरानी गर्ने परिपाटी रोकौं : मुख्यमन्त्री


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न चाडपर्वको बेलामा मात्रै बजार अनुगमन र निगरानी गर्ने परिपाटी रोक्न आग्रह गर्नुभएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चाडपर्वको साटो १२ महिना र ३ सय ६५ दिननै अनुगमन र निगरानी गर्न स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उपभोग्य वस्तु र बजार अनुगम प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सरकारलेसमेत अनुगमन संयन्त्र बनाउने उहाको भनाइ थियो ।
बुटवल उपमहानगरका उपप्रमुख सावित्रा आर्यालले उपभोक्ताको हितसंग खेलवाड गर्ने, म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्ने जो कोहीलार्ई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो । बजार अनुगमनका क्रममा हुने लान्छना र धम्की उल्लेख गर्दै उहाले सरोकारवालाको सहयोग विना सरकारले मात्रै बजार अनुगमन र नियमन गर्न नसकिने बताउनुभयो । उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले उपभोक्ताको हित विपरित काम गर्नेलाई कानुनी दायरामा ल्याउन तीन तहकै सरकारले कानुनको प्रभावकारी कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाले बजारमा हुने काला बजारी र उपभोक्ता अधिकार हनन् विरुद्ध नागरिक तह र उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी गर्ने प्रतिवद्धता जनाउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend