• Saturday 25th July 2026

पाणिनीको आलमदेवी विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष

पाणिनीको आलमदेवी विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष

एमाले नेता तथा समाजसेवी झपिन्द्र रायमाझीले आफ्ना पिता स्वर्गीय निरक बहादुर रायमाझीको नाममा अहिलेसम्म २१ ठाउँमा अक्षयकोष स्थापना गर्नुभएको छ ।


  • लुम्बिनी रिभ्यू

बुटवल, तपाई आफन्तको स्मृतिमा के गर्नुहुन्छ ? यसका धेरै उपाय हुन सक्छन् । एमाले नेता तथा समाजसेवी झपिन्द्र रायमाझीले भने आफ्ना पिताको स्मृतिमाअहिलेसम्म २१ ठाउँमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले जिवनमा शिक्षाको महत्व भएकाले शैक्षिक विकास हुनसके अन्य विकासले पनि फड्को मार्न सक्ने उद्देश्य राखेर कोष स्थापना गरेको बताउनुभयो । हालै उहाँको अगुवाइमा बुवा लगायत आफन्तको स्मृतिमा अर्घाखाँचीको पाणिनीमा रहेको आलमदेवी आधारभुत विद्यालयमा शैक्षिक वृद्धि विकासमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना भएको छ ।


विद्यालयको ३७ औं वार्षिकोत्सवका अवसरमा बुधबार ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । स्वर्गीय निरक बहादुर रायमाझी,स्वर्गीय.नुरा बहादुर पोखरेल, स्वर्गीय बिण्णु पोखरेल, स्वर्गीय नर्मदा थापा, स्वर्गीय देबकला खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषमा गोमा घिमिरे पाणिनी ४ पटौटी, दयादेवी रायमाझी रैनादेी छहरा,हरिकला थापा छत्रकोट गुल्मी ,झपिन्द्र रायमाझी रैनादेवी छहराको सहयोगमा ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको हो । सो अवसरमा नगद १० हजार रुपैयाँँ विद्यालयलाई आर्थिक सहयोग समेत गरिएको दाता झपिन्द्र रायमाझीले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पाणिनी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष युवराज ज्ञवालीले अक्षयकोष स्थापनाको अवसरमा बोल्दै पाणिनी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष युवराज ज्ञवालीले शिक्षा जस्तो महत्वपुर्ण अरु हुन नसक्ने बताउनुभयो । उहाँले बालबालिकाको शैक्षिक भविष्यका लागि अक्षय कोष निर्माण गर्नु उत्कृष्ट काम भएको बताउदै प्रशंशा समेत गर्नुभयो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष चक्रपाणी बन्जाडेले विद्यालयका अध्यक्ष अक्षयकोषले विद्यार्थीको पठनपाठनमा निकै सहयोग हुने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक मेघबहादुर दर्लामीले विद्यालयको नियम अनुसार अक्षयकोष परिचालन गर्ने र विपन्न विद्यार्थीको हीतमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend