• Saturday 25th July 2026

स्ववियु निर्वाचन : कुन कुन विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा ?

स्ववियु निर्वाचन : कुन कुन विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे आगामी चैत ५ गते हुन गइरहेको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धाका लागि दर्ता भएका छन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिनुभयो ।
त्रिविमा दर्ता हुने सङ्गठनहरु अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी (विप्लव), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (छैठौं) मसाल, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा दर्ता भएका छन् ।
यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी (बहुमत), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी सङ्घ (नेपाली जनता पार्टी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च प्रतिस्पर्धाका लागि दर्ता भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend