• Saturday 25th July 2026

आज २०५ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस

आज २०५ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस


  • लुम्बिनी रिभ्यू

बुटवल, आज २०५ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस । नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ ।

नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेशालाई बढावा दिनका लागि विशेष मानिन्छ ।
रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्वपूर्ण भूमिका खेल्छ । यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठूलो जिम्मेवारी वहन गर्छन् । उनीहरुको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ ।

आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेशाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्वभर फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ द ल्याम्प पनि भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend