• Saturday 25th July 2026

बालबालिकामा लगानी भविष्य निर्माणको आधार :पूर्व मन्त्री भगवती अधिकारी

बालबालिकामा लगानी भविष्य निर्माणको आधार :पूर्व मन्त्री भगवती अधिकारी

बालबालिकामा जस्तो लगानी गर्यो त्यस्तै प्रतिफल आउने बताउदै बालबालिकालाई असल नागरिक बन्न सबैले सघाउनुपर्ने बताउनुभयो ।


  • लुम्बिनी रिभ्यू

सरीना मरासिनी
बुटवल, लुम्बिनी प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री भगवती अधिकारीले बालबालिकामा लगानी भविष्य निर्माणको आधार भएको बताउनुभएको छ । बालबालिकामा जस्तो लगानी गर्यो त्यस्तै प्रतिफल आउने बताउदै बालबालिकालाई असल नागरिक बन्न सबैले सघाउनुपर्ने बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालयसँगको सहकार्यमा राज्य टेलिभिजनले उत्पादन गरेको जनप्रतिनिधिसँग बालबालिका टेलिभिजन कार्यक्रममा बोल्दै पूर्व मन्त्री अधिकारीले आफू मन्त्री भएपछि लुम्बिनी प्रदेशमा बालशिक्षा, बालविकाविकास र बाल संरक्षणका थुप्रै योजना ल्याएको बताउनुभयो । मन्त्री अधिकारीले युवा अवस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई कमाउदै पढ्दै गर्ने अवस्था ल्याउन कार्यक्रम बनाएको बताउनुभयो । बालमनोभावना बुझेर काम गर्न र प्रदेश सरकारसँग बालबालिकालाई सिधै जोड्नको लागि जनप्रतिनिधिसँग बालबालिका टेलिभिजन कार्यक्रम ल्याएको उहाले बताउनुभयो ।

१८ वर्ष उमेर समूहसम्मका व्यक्ति बालबालिका हुन् । बालबालिकाका सरोकार र सवाललाई लिएर लुम्बिनीको सामाजिक विकास मन्त्रालयको सामाजिक डिभिजन कार्यालय र राज्य टेलिभिजनले संयुक्त रूपमा बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेका छन्।
जनप्रतिनिधिहरूसँग बालबालिका कार्यक्रमको पहिलो अङ्कको छायांकन कार्यक्रममा रूपन्देहीका विभिन्न बालसञ्जाल तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपालको शिक्षा प्रणाली घोकन्ते शैलीमा हुदा व्यवहारिक ज्ञान लिन नपाएको बालक्लब तथा संजालका बालिकाहरुले गुनासो गरेका थिए। उनीहरूले व्यावहारिक ज्ञान र रोजगारीसँग जोडिएको शिक्षा प्रणालीको माग गरेका हुन्।बालबालिकाहरुले भविष्यका कर्णधार भनिएका बालबालिकाले अब भविष्यको सुनिश्चितता दिने शिक्षा प्रणालीको माग गरेका छन्।
सैनामैना नगर बाल सन्जालका अध्यक्ष भुवन जैसीले नेपालको शिक्षा प्रणाली व्यावहारिक नभएको गुनासो गर्नुभयो। डिग्री गरिसकेपछि पनि तीन महिना कफी बनाउने तालिम लिएर विदेश जानुपर्ने अवस्था आउनु नेपालको शिक्षा प्रणालीमा उठेको प्रमुख समस्या भएको उहाँले बताउनुभयो ।

कान्ति बाल क्लबकी उपाध्यक्ष दीक्षा पाण्डेले सामाजिक विषयको सट्टा विदेशमुखी पाठ्यक्रम पढाए पनि हुने जस्तो अहिले वातावरण वृद्धि भएको बताउनुभयो। उहाँले विद्यालय स्तरमै पढ्ने बालबालिकाहरूमा विदेश जाने मानसिकता बन्नु देशकै लागि चुनौतीपूर्ण रहेको बताउनुभयो। यसलाई रोक्न सरकारले विद्यार्थीको रुचिअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने उहाँको माग छ।

विद्यार्थीहरू विदेश जान बाध्य नहोस् भनेर यता नै अवसर खोज्न सक्ने पाठ्यक्रम चाहिन्छ।कार्यक्रममा सहभागी नम्रता गहिरेले पढ्दै कमाउने वातावरण सिर्जना गर्न सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयोृ । ब्याचलर पढ्दै गरेका विद्यार्थीहरूलाई काम गर्दै पढ्दै गर्ने व्यवस्था हुनु जरुरी रहेको सहभागी विद्यार्थी नम्रता गैरेले बताउनुभयो। उहाँले जागिरको ग्यारेन्टी गरेर बाहिर पलायन भइरहेका विद्यार्थीहरूलाई देशमै रोक्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी बालसंजालमा आवद्ध बालबालिकाले सीपमा आधारित , प्राविधिक र रोजगारमुखी शिक्षा प्रणालीको व्यवस्था गर्न माग गरे । बालमनोविज्ञानमा आधारित शिक्षा र व्यवहार हुनसकेमात्र सकरात्मक प्रभाव देखिने उनीहरुले बताए । बालबालिकाले घरपरिवार, समाज विद्यालय र राज्यलाई नै बालमैत्री बनाउन उनीहरुको माग थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend