• Saturday 25th July 2026

बौद्धिक वर्ग विचार निर्माणमा सकृय हुनुपर्छः महासचिव पोखरेल

बौद्धिक वर्ग विचार निर्माणमा सकृय हुनुपर्छः महासचिव पोखरेल


  • लुम्बिनी रिभ्यू

महासचिव पाेखरेलले  नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीको उध्येश्य अनुरुप बिचार निर्माणमा भुमिका बहन गर्न आग्रह गर्नुभयाे ।

काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय हित अनुसारको विचार निर्माणमा सकृय रहन बौद्धिक वर्गलाई आग्रह गर्नु भएको छ ।

नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै उहाँले पार्टीको उध्येश्य अनुरुप बिचार निर्माणमा भुमिका बहन गर्न आग्रह गर्नु भएको हो ।
बाहिरी अनुसन्धानलाई मात्रै बौद्धिक सम्पत्ती ठान्ने प्रवृति अन्त्य गर्दै मौलिक अध्ययन, अनुसन्धान र बिश्लेषणमा जोड दिनु पर्ने उहाँले बताउनुभयो ।


गलत बिचार र प्रायोजित कुराहरुको सम्प्रेषणले समाजमा नकरात्मक प्रभाव परिरहेको चर्चा गर्दै महासचिव पोखरेलले कतिपय नेपाली पाठ्य पुस्तक र ऐन कानुन समेत निर्देशित हुने गरेकोप्रति सजग र सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको सदुुपयोगबाट तथ्य लिन र मौलिक विश्लेषण गर्न बौद्धिक वर्ग अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले मसिनो गृहकार्य गरी अघि बढ्न र बौद्धिक कर्म गर्नेहरुको संगठनका रुपमा स्थापित गर्न नबनिर्वाचित नेतृत्वलाई शुभकामना दिनुभयो ।


सो अवसरमा परिषदका नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद थपलियाले नयाँ नेतृत्व चयन भए लगत्तै भएका गतिविधिहरुबारे अवगत गराउँदै बौद्धिकता प्रदर्शन गर्ने योजनासहित संगठनलाई थप सशक्त र राम्रो बनाउने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौमा सम्पन्न परिषद्को ११ औं राष्ट्रिय महाधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend