• Saturday 25th July 2026

मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय क्रिकेट बिभागको प्रथम भेला सम्पन्न, क्रिकेट बिभाग बिस्तार

मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय क्रिकेट बिभागको प्रथम भेला सम्पन्न, क्रिकेट बिभाग बिस्तार


  • लुम्बिनी रिभ्यू

काठमाण्डाैँ । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय क्रिकेट बिभागको प्रथम भेला काठमाण्डौमा सम्पन्न भएको छ ।
भेलाले एकेडेमी क्रिकेट बिभाग प्रमुख शक्ति गौचनको नेतृत्वमा बिभाग बिस्तार गरेको छ । बिभागको उपप्रमुखमा धर्मेन्द्र ठाकुर जनकपुर र सचिबमा गणेश गौडेल रुपन्देही रहनुभएको छ । बिभागका सदस्यहरुमा लाक्पा लामा झापा,राजकुमार प्रधान मोरंग,ईरफानउलहक अन्सारी सुनसरी,हसिम अन्सारी बिरगञ्ज,आकाश थापा चितवन,प्रकाश खनाल पोखरा,दिवाकर थापा स्याञ्जा,अमित तामाङ दाङ्ग,प्रमोद चन्द बर्दिया,रोशन पुरामी मगर काठमाण्डौ, हरिशंकर साह जनकपुुर,बिनोद लामा धनगढी,नारायण पाण्डे काठमाण्डौ,रमेश सिंह साउद कञ्चनपुर चयन हुनुभएको छ । त्यस्तै रुपन्देहीका अन्तिम थापा,शबिर खान,पाल्पाका आदित्य पाण्डे,कपिलबस्तुका रितु श्रीवास्तव लगायत बिभागका सदस्य चयन हुनुभएको छ ।


कार्यक्रममा प्रमुख अतिथी एकेडेमीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिब रमेश सिलवालले अन्य राष्ट्रहरुमा खेलमा राज्यले लगानी गर्ने गरे पनि नेपालमा आफैले लगानी गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपालमा क्रिकेटको निकै धेरै सम्भावना भएको गर्दै उहाँले नेपाली क्रिकेटका खेलाडीहरुले बिश्वस्तरमा प्रतियोगिताहरुमा क्षमता देखाउन सक्षम रहेको उल्लेख गर्नुभयो । बिगतमा क्रिकेटको बिकासका लागि आफू नेतृत्वमा रहँदा खेलकुद परिषदले धेरै प्रयास गरेको चर्चा गर्दै उहाँले अनेक चुनौतिहरुलाई चिर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
खेल बिकासका लागि अनुशासन,पूर्बाधार र प्रशिक्षण अति जरुरी रहेको भन्दै उहाँले अब हरेक शिक्षण संस्थामा एक जना खेल शिक्षक अनिवार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बिशिष्ट अतिथी,एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले खेलकुदले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउदै एकेडेमीले खेल र खेल शिक्षालाई देशब्यापी बिस्तार गर्न लागेको बताउनुभयो ।
लोकप्रीय खेल बिधा बनेको क्रिकेटको बृहत्तर बिकासका लागि एकेडेमीले काम अघि बढाईसकेको चर्चा गर्दै उहाँले देशभर बिभिन्न स्तरका प्रतियोगिता र खेल जागरण चलाउन शुरु गरिएको बताउनुभयो ।
अध्यक्ष आचार्यले छिट्टै एकेडेमीका सबै बिभागहरुलाई पूर्णता दिदै बिधागत गतिबिधि तीब्र पारिने समेत जानकारी गराउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै एकेडेमीका केन्द्रिय क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले नेपालभर क्रिकेटको बिकासका लागि विशेष अभियान थालिएको बताउनुभयो । हरेक जिल्लाहरुमा क्रिकेटका दक्ष खेलाडीहरु उत्पादन गर्दै बिभिन्न स्तरका प्रतियोगिता र खेल शिक्षा बिस्तार गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा रुपन्देहीमा १४ बर्ष मुनिको प्रतियोगिता सफल भएको चर्चा गर्दै उहाँले मेचीदेखि महाकालीसम्म क्रिकेट बिकासमा नयाँ लहर ल्याउने उहाँले बताउनुभयो ।
एकेडेमीका केन्द्रिय सचिब डा.शक्ती बस्नेतले खेल र स्वास्थ्य एकअर्काका परिपूरक भएको चर्चा गर्दै एकेडेमीले उत्साहजनक तरिकाले गतिविधि अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा एकेडेमीका केन्द्रिय सल्लाहकार दीपक ज्ञवाली,क्रिकेटका अन्तराष्ट्रिय प्रशिक्षक तथा खेल लेखक समिर खान, ,एकेडेमीका केन्द्रिय कार्यलय सचिब बिनोद आचार्य,केन्द्रिय सदस्यहरु डा.सुवास चौधरी,डा.प्रकाश पौडेल,निलम बज्राचार्य,सदिना श्रेष्ठ,बिकु महर्जन, प्रेम सुवेदी लगायतले बोल्नु भएको थियो ।

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend