• Saturday 25th July 2026

क्वारेन्टाइनमा बसेका सबैको धमाधम आरडिटी परिक्षण

क्वारेन्टाइनमा बसेका सबैको धमाधम आरडिटी परिक्षण


  • लुम्बिनी रिभ्यू


बुटवल,चैत २९ गते । प्रदेश ५ सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदमस्वरुप क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको आरडिटी परिक्षण(रेपिड डाइनोसिस टेष्ट) गर्न शुरु गरेको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार प्रारम्भीक रुपमा कोरोना भए नभएको थाहा पाउन २ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको आरडिटी परिक्षण गर्न शुरु गरिएको हो । परिक्षणमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ । त्यस्तै पोजिटिभ आए स्वाव परिक्षणका लागि पठाइने छ ।
हाल प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टाइनमा बसेका छन् । परिक्षणका लागि
बिहीबारदेखि २,२ जिल्ला हेर्नेगरीस्वास्थयकर्मीको ६ वटा वटा टोली खटिएको छ । यस्तो परिक्षणका लागि संघीय सरकारले ५ हजार थान कीट पठाएको छ । डा.रमेश खरेलको नेतृत्वमा आएको चिकित्सकीय टोलीले प्रदेशमा कीट सहित स्वास्थ्य उपकरण ल्याएको थियो ।
अहिलेसम्म प्रदेशमा कोही कोरोना संक्रमित फेला परेका छैनन् । संक्रमणको आशंकाका एक सय ५२ जना विरामीको स्वाव परिक्षण गरिएको छ । यसमध्ये एक सय २५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बा“की २७ जनाको रिपोर्ट आउन बा“की छ । सामाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीका भनाईमा हाल ३३ जना आशंकाका विरामी कोरोना विशेष अस्पतालमा उपचाररत छन् । यसैविचभैरहवास्थित कोरोना प्रादेशिक प्रयोगशालामा ३६ जनाको कोरोना परिक्षण भएकोमा ३१ जनाको नतिजा निस्केको छ । ५ जनाको नतिजा आउन बा“की छ ।
यसैबिच बुटवलमा रहेको नेशनल प्याथ ल्यावले उच्च क्षमताको रियल टाइम पीसीआर मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । यो मेसिनको प्रयोगले कोरोना परीक्षणको नतिजा छिटो आउने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend