• Saturday 25th July 2026

ढुण्डीराज शास्त्रीः देशले गुमायाे एक कुशल समाजवादी चिन्तक

ढुण्डीराज शास्त्रीः देशले गुमायाे एक कुशल समाजवादी चिन्तक


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भतिजा दुर्गाप्रसाद पौडेलले दिनुभयो ।

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

समाजवादी चिन्तकको रूपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत हुनुभएको थियो ।

उहाँका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो ।

माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल हुनुहुन्छ । कान्छी श्रीमती उहाँकै साथमा हुनुहुन्थ्यो भने माहिली श्रीमती देवघाटमा बस्दै आउनुभएको छ । शास्त्रीको निधनको खबर पाएपछि उहाँ काठमाडौं आइसक्नुभएको छ ।

स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोतले दिएको छ । शास्त्रीका तीन छोरी हुनुहुन्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend