बुटवल, लैंगिक मैत्री कार्यालय र यौनजन्य दुव्र्यवहार विरुद्ध अभिमुखीकरण बुटवलमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यस्थललाई सुरक्षित बनाउन र लैंगिकमैत्री बनाउन सघाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक डिभिजन कार्यालय रुपन्देही र अजस्त्र मिडिया बुटवल ९ कोे सहकार्यमा बुटवलमा ५ दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक डिभिजन कार्यालय रुपन्देही प्रमुख हरिबहादुर विष्ठले कार्यालयलाई लैंगिक मैत्री बनाउन र सबैले अपनत्व महसुस गर्ने बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाले महिला, पुरुष र यौनिक अल्पंख्यकले मैत्री वातावरण गर्ने कसरी बनाउने भन्नेबारेमा छलफल हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले लैंगिमैत्री कार्यालय बनाउन आफू प्रतिवद्ध भएको बताउनुभयो । त्यसकालागि अनुगमन र निगरानी बढाउने बताउनुभयो ।
सरकारले लैंगिकमैत्री कार्यास्थल आचार संहिता बनाएको छ । कार्यास्थलमा हुने यौनजन्य दुव्यवहारविरुद्धको ऐन २०७१ समेत बनाएर कार्यान्वयनमा ल्याएको छ । तर, यसबारे जनचेतना नभएकाले विद्यालय, क्याम्पस, उद्योग कारखाना, व्यवसायिक प्रतिष्ठान र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई जानाकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजकर्ता अमृता अनमोलले जानकारी दिनुभयो ।
जेठ ११ गते सुरु भएको कार्यक्रम जेठ १५ गते सम्पन्न भएको थियो । कार्यक्रम ५ दिन संचालन भएको थियो । ५ दिन फरक फरक क्षेत्रकाकार्यालय प्रमुख र सरोकारवाला भएका थिए । लैंगिकताका विषयमा महिलालाई मात्र प्रशिक्षण दिने परिपाटी तोड्न यसपालि महिला पुरुष दुवैलाई सहभागी गराइएको थियो । हरेक कार्यक्रममा ४० जना युवा सहभागी गराउने लक्ष्य थियो । सबैमा लक्ष्यअनुसार सहभागीहरु सहभागी भएका थिए । जसमा. विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी,. क्याम्पसका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी,. उद्योगी, श्रमिक र श्रम कार्यालयबीच अभिमुखीकरण, व्यवसायीक प्रतिष्ठान, उद्योगी र व्यवसायीका प्रतिनिधि र सरकारी कार्यालयका कर्मचारी, कार्यालय प्रमुख र जनप्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा संचारकर्मी अमृता अनमोल, माया केसी, नम्रता अर्याल लगायतले सहजीकरण गर्नुभएको थियो ।

लुम्बिनी रिभ्यू