• Saturday 25th July 2026

कृतिम बौद्धिकताबारे सिक्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरु

कृतिम बौद्धिकताबारे सिक्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरु

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाका कामलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रविधिको प्रयोगबाट प्रदेश सभा नीति, विधेयक र छलफललाई चुस्त बनाउन सघाउने बताउनुभयो ।


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
बुटवल, पछिल्लो समय ए आई को प्रयोग बढ्दो छ । मानव जिवनको हरेक पक्षसंग जोडिएको यो कृत्रिम बौद्धिकताको सहि तरिकाले प्रयोग गर्ने हो भने राम्रो सहयोगी समेत बन्न सक्छ । यसै सन्दर्भमा आधारित रहेर लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरुलाई लक्षित गरि कृत्रिम बौद्धिकता अथार्त ए आई को उपयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरु एकै ठाउँमा उपस्थित भएर आइतबार कृत्रिम बौद्धिकताको उपयोग बारे सिकेका हुन् । कृत्रिम बौद्धिकताको उपयोग गरेर सांसदहरुको भूमिकालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले अभिमुखीकरण गरिएको हो ।


संयुक्त रास्ट्रसंघीय बिकास कार्यक्रम संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समुह लुम्बिनीले सह आयोजनामा अभिमुखीकरण आयोजना भएको हो । कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले प्रदेश सभाका कामलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई जोड दिएको बताउनु भयो । उहाँले एआइको प्रयोगबाट प्रदेश सभा नीति, विधेयक र छलफललाई चुस्त बनाउन सघाउने बताउनुभयो ।

कार्यशालामा एआइको प्रयोग के केमा कसरी गर्ने भन्नेबारे सिकाइएको थियो । एआइबाट सुचना कसरी लिने, भाषणको तयारी कसरी गर्ने, सत्य र तथ्य कसरी पत्ता लगाउने, तिनको उपयोग कसरी गर्ने भन्नेबारेमा अभ्यास भएको थियो । यस्तै एआइ तस्बिर र भिडियो कसरी लिने, तिनको कसरी प्रयोग गर्ने, कस्ता विषय प्रयोग गर्न सकिन्छ र कस्ता विषय प्रयोग गर्न सकिदैन भन्नेबारेमा सिकाइएको थियो । कार्यशालामा बोल्दै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसीले कार्यशाला प्रभावकारी भएको बताउनु भयो । आगामी दिनमा प्रदेशसभामा ए आई को प्रयोग गरेर सांसदहरुको भूमिका अझै प्रभावकारी हुने उहाले सुनाउनु भयो ।

पछिल्लो समय एआइ अर्थात बौद्धिक कृत्रिमताले सामान्य व्यक्तिदेखि सामाजिक र राजनितिक व्यक्त्तिलाई समेत विभिन्न किसिमले सघाइरहेको छ । प्रशिक्षक प्रवेश सुवेदीले यस्तोमा प्रदेश सभा सदस्यहरुलाई सदनमा नीति, ऐन, कानुन र सार्वजनिक भाषण प्रभावकारी बनाउन सिकाइएको बताउनुभयो । संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, महासचिव माया केसी र सचिव रिया वस्नेतले च्याट जिपीटीमा सुचना र नतिजा खोज्न सिकाउनुभएको थियो । अभिमुखीकरणमा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, महासचिव माया केसी र सचिव रिया वस्नेतले च्याट जिपीटीमा सुचना र नतिजा खोज्न सिकाउनुभएको थियो । कयुएनडिपीको संसद सहयोग परियोजनाका अनु प्रसाइ लामाले प्रदेश सभा सदस्यहरुले कसरी ए आईको प्रयोग गरी दैनिक गर्नुपर्ने कामलाई सहज बनाउन सकिन्छ भन्ने सिकाइको लागि यो अभिमुखीकरण सहयोगी हुने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend