• Saturday 25th July 2026

पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी यात्रा

पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी यात्रा


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी फोटोग्राफर संघले १८६औं विश्व फोटोग्राफी दिवसका अवसरमा बुटवलमा ‘पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी यात्रा’ सम्पन्न गरेको छ।
पर्यटन प्रवद्धनलाई बढाउने लक्ष्यसहित फोटोग्राफी यात्रा आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफीलाई औपचारिक क्षेत्रका रूपमा विकास गर्दै नयाँ पुस्तालाई दक्ष बनाउन संघ निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो। यस्तै सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले मन्दिरलाई पशुपतिनाथपछि दोस्रो धार्मिक शक्ति पीठका रूपमा प्रस्तुत गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा यसको महत्त्वपूर्ण योगदान रहेको धारणा राख्नुभयो।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ दल बहादुर गुरुङले सामाजिक चेतना बिना आर्थिक सम्पन्नता अपूर्ण हुने उल्लेख गर्दै फोटोग्राफी अहिले पर्यटन प्रवर्द्धनको प्रमुख आधार बन्दै गएको पनि उल्लेख गर्नुभयो।

लुम्बिनी फोटोग्राफर संघका सल्लाहकार माधव प्रसाद पन्थले संघले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो।
कार्यक्रम संयोजक मनिष पन्थले पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी अपरिहार्य भएको उल्लेख गर्दै सम्पदा, संस्कृति र प्रकृतिलाई तस्वीरमार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमकै क्रममा पर्यटन प्रवर्द्धनका लागि उत्कृष्ट फोटो तथा भिडियो खिच्ने तीन जनालाई संघ र सिद्धबाबा मन्दिर व्यवस्थापन समितिको तर्फबाट पुरस्कार प्रदान गरिने जनाएको छ । कार्यक्रम लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता र महासचिव त्रिभुवन पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend