काठमाडौँ । गृह मन्त्रालयले देशभर थप २३ वटा इलाका प्रशासन कार्यालय थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
सदरमुकाममा रहेका जिल्ला प्रशासन कार्यालयबाट भइरहेको सेवा प्रवाहलाई विस्तार गर्ने उद्देश्यसाथ दूरदराजमा बसोबास गर्ने नागरिकलाई समेत सेवा प्रवाह सहज पहुँचयोग्य बनाउने गरी मन्त्रालयले आफ्नो सेवा प्रवाह विस्तार गर्न लागेको हो ।
मन्त्रालयका सहप्रवक्ता रवीन्द्र आचार्यका अनुसार सरकारको नीति तथा कार्यक्रम अन्तर्गत मन्त्रालयले सेवा विस्तारको कार्ययोजना तयार गरी इलाका प्रशासन कार्यालय थपको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रीपरिषद् अन्तर्गतको प्रशासन समिति पठाएको छ ।
थप हुने इलाका प्रशासन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) लाई तोकिएको जिम्मेवारीबाहेक सम्पूर्ण सेवा प्रवाह हुने जानकारी दिँदै आचार्यले भन्नुभयो, “भौगोलिक अवस्था र जनसङ्ख्याको चाप हेरी कुन जिल्लामा इलाका प्रशासन कार्यालय थप्नुपर्ने, त्यसबारे सर्वेक्षण पछि तय गरिने छ ।”

लुम्बिनी रिभ्यू