• Saturday 25th July 2026

प्रतिनिधि सभा विघटन हुँदै, आजै सुशीला कार्कीको शपथ

प्रतिनिधि सभा विघटन हुँदै, आजै सुशीला कार्कीको शपथ


  • लुम्बिनी रिभ्यू

काठमाडौं, २७ भदौ, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अर्थात् आजै बेलुकी सरकार प्रमुख बन्नु हुने भएको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि साझ प्रतिनिधिसभा विघटन गर्ने र अन्तरीम सरकारको प्रधानमन्त्री बन्ने सहमति जुटेको हो ।
कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हट्न् भएको हो । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको बताउनुभएको छ । त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको उहाको भनाइ छ ।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बताएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend