काठमाडौँ, २९ भदौ ।
जेनजीको अगुवाइमा भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
आन्दोलनका क्रममा घाइते भएकामध्ये आइतबार थप चार जनाको मृत्यु भएको हो । यसपछि संख्या बढेर ५५ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाका अनुसार मृतकमध्ये २१ जना जेनजी युवा, ९ जना कैदी, प्रहरी सहायक निरीक्षकसहित ३ जना र सर्वसाधारण रहेका छन् । आन्दोलनका क्रममा १८ जनाको भने आगलागी वा करेन्ट लागेर ज्यान गएको छ । घिमिरेले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ। आन्दोलनमा एक जना भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ ।

लुम्बिनी रिभ्यू