काठमाडौं । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएपछि मृतककाे संख्या यति पुगेकाे हाे । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको पुष्टि गरे । उक्त शवकाे पहिचान हुन सकेको छैन ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएका थिए। ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । तीनको पनि पहिचान भएको छैन ।

लुम्बिनी रिभ्यू