• Saturday 25th July 2026

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend