• Saturday 25th July 2026

ओलीको आक्रोशः के ठानेको ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ?

ओलीको आक्रोशः के ठानेको ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीबाट बनेको बताउनुभएको छ।

आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो।’

अध्यक्ष ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन चुनौती दिनुभएको छ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्ने छ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend