• Saturday 25th July 2026

संसद पुनस्र्थापनाका लागि आन्दाेलनमा उत्रिन ओलीकाे निर्देशन

संसद पुनस्र्थापनाका लागि आन्दाेलनमा उत्रिन ओलीकाे निर्देशन


  • लुम्बिनी रिभ्यू

 

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनस्र्थापना भएको बताउनुभएको छ ।
एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।‘लुटपाटबाट विध्वंसबाट संसद विघटन गरिएको छ । लोकतन्त्रलाई ट्रयाक आउट गरिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसैले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनु पर्दछ । यसका लागि देशैभरी आन्दोलनको उभार ल्याउनु पर्दछ । ’ अध्यक्ष ओलीले संसद पुनस्र्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताउनुभयो ।
उहाँले यो सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पार्नुभयो । कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उहाँले त्यती लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने भएकोले तत्काल संसद पुनस्र्थापनाको लागि दबाब बढाउनु पर्ने बताउनुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend