• Saturday 25th July 2026

एमालेको सचिवालय बैठकः के के हुने छ आज ?

एमालेको सचिवालय बैठकः के के हुने छ आज ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएका कारण हिजो स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे अध्यक्ष ओली निवास गुण्डुमा हुने भएको हो ।
शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितीबारे बाेल्नु भएकाे थियो । पार्टीका बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरुले धारणा राख्ने क्रम सकिएको छ ।
आज उपमहासचिव र सचिवहरुले पार्टी र समसामयिक विषयमा धारणा राख्ने सूचि छ ।

बोल्न बाँकी ९ पदाधिकारीले आ-आफ्नो कुरा राखेपछि बैठक निर्णय खण्डमा प्रवेश गर्ने उपमहासचिव  प्रदीप ज्ञवालीले बताउनुभयाे ।

‘केन्द्रीय कमिटी बैठकको मिति र त्यसका एजेण्डा तय हुन्छ’, उनले भने, ‘यो बैठकले महाधिवेशनको मिति प्रस्ताव गर्छ र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउन त्यसको मिति तोक्ने हो ।’

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend