• Saturday 25th July 2026

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, ११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, ११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक सुरु भएको हो ।

एमाले महासचिव शङ्कर पोखरेलले कार्यक्रम सुरुवातीमा ललितपुरको गोदावरीमा विधान अधिवेशन ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको तर नेता, कार्यकर्ता आ–आफ्नो कार्यथलोमा फर्कन नपाउँदै देशमा असामान्य र दुःखद परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

उहाँका अनुसार देशको चुनौतीपूर्ण अवस्थामा सबै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहनु भएकाे छ ।

११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend