• Saturday 25th July 2026

मन्त्रिपरिषद् बैठकका १३ निर्णय के के ? हेर्नाेस विवरण

मन्त्रिपरिषद् बैठकका १३ निर्णय के के ? हेर्नाेस विवरण


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बैठकले   जेन जी प्रदर्शनका बेला मृत्यु भएका मध्ये ४५ जनालाइ सहिद घाेषणा,  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने  लगायतका निर्णय गरेकाे हाे ।

मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै (कात्तिक १७ गते) सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता  घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ।

त्यस्तै स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

 

 हेर्नाेस मन्त्रिपरिषद् बैठकका सबै निर्णयहरू

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend