काठमाडौं । बहुविवाह सम्बन्धी मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एस.पी. पवन भट्टराईले सञ्चार माध्यमलाइ बताए ।
पासाङकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियाे । त्यसविरुद्ध उच्च अदालत गुहारेका शेर्पाकाे पुनरावेदन उच्चले समेत सदर गरेकाे थियाे ।
एस.पी. पवन भट्टराईले ‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने ।
शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।

लुम्बिनी रिभ्यू