• Saturday 25th July 2026

बारामा तनाव जारी, कर्फ्यू अवधि लम्बियाे

बारामा तनाव जारी, कर्फ्यू अवधि लम्बियाे


  • लुम्बिनी रिभ्यू

काठमाडौ । बाराको सिमरा क्षेत्रमा तनाव जारी छ ।

सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ।

दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएकाे छ ।

बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend