काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा असुरक्षा हुन सक्ने टिप्पणीहरू भइरहेका बेला सुरक्षार्थ सेना परिचालन हुन सक्ने भएकाे छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको हाे ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले यस्ताे सिफारिस गरेकाे हाे ।
बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

लुम्बिनी रिभ्यू