• Saturday 25th July 2026

एकेडेमीका अध्यक्ष आचार्यसहित चार जना एमालेकाे युवा तथा खेलकुद बिभागमा

एकेडेमीका अध्यक्ष आचार्यसहित चार जना एमालेकाे युवा तथा खेलकुद बिभागमा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा एमालेको युवा तथा खेलकुद बिभागमा सपथ ग्रहण सम्पन्न भएको छ । सपथसंगै बिभागको बैठक पनि बसेको थियो ।

बुधबार काठमाण्डौमा आयोजित कार्यक्रमबिच एमाले महासचिब शंकर पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

लिला थापा प्रमुख रहेको २१ सदस्यीय बिभागमा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट अध्यक्ष ध्रुब आचार्यसहित चार जना पर्नु भएको छ । आचार्यसंगै एकेडेमीका उपमहासचिबद्धय सुवर्ण श्रेष्ठ र मदन उप्रेती तथा सल्लाहकार प्रा.पशुपति अधिकारी रहनु भएको छ ।

सबैलाई सपथ ग्रहण गराउँदै पार्टी महासचिब पोखरेलले एमालेले मात्रै खेल र युवाहरुको हित गर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माणको अभियान सफल पार्न खेलाडी र युवाहरुको सकृयता जरुरी रहेको पनि बताउनुभयो ।
सो अवसरमा नेकपा मसाल परित्याग गरी एमाले प्रवेश गर्नु भएका बाग्लुङका युवा नेता सञ्जाल शर्मालाई पनि बिभागको सदस्यको रुपमा सपथ गराइएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend