काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद दाेहाेर्याउने बताईरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घाेषण गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन् ।
पाेखरेलले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छ ।’
उनले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।
उनले बिद्या भणडरीकाे सदस्यता नविकरण हुनु पर्ने अडान पनि दाेहाेर्याएका छन् ।

लुम्बिनी रिभ्यू